११ पुष २०८१, बिहिबार

क्षतिपुर्तिको रकममा सहमति हुन नसक्दा कारको ठक्करबाट मृत्यु भएकी महिलाको शबको पोस्टमार्टम् हुन सकेन

कान्छो खवर । मंगलबार, मंसिर ११, २०८१

गाईघाट   ११  मङ्सिर  ।

कारको ठक्करबाट मृत्यु भएकी एक महिलाको क्षतिपुर्ति दिने विषयमा सहमति हुन नसक्दा शबको अझै  पोस्टमार्टम हुन सकेको छैन ।

प्रदेश नम्बर १-०४-००१ च १३८६ नम्बरको कारको ठक्करबाट सोमबार बिहान  मदन भण्डारी राजमार्ग अन्तरगत चौदण्डिगढि नगरपालिका  ९ की ४५ बर्षिया कमला चौधरीको मृत्यु भएको थियोे ।

गाईघाट देखि बेल्टार तर्फ जादै गरेको उक्त कारले आफै अनियंत्रित हुदा सडक छेउमा बसिरहेको बेला चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । पीडित पक्षले क्षतिपुर्ति बापत १२ लाख रुपैया माग गरेकोमा सहमति जुट्न नसक्दा मृतकका परिबारले शबको पोस्टमार्टम गर्न नदिएको प्रहरीले जनाएको छ ।

सवारी धनीले पीडित पक्षलाई २ लाख मात्र दिने र त्योभन्दा बढी रकम दिन अस्वीकार गरे पछि दुबै पक्ष बीच सहमति जुट्न नसक्दा मृतकको शबको पोस्टमार्टम हुन नसकेको एसपि हरिहर नाथ योगीले बताए ।

उनले दुबै पक्ष बिच सहमति जुटाउने प्रयास भैरहेको बताए । मृतकको शब अहिले जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।

तिब्र गतिको उक्त कार दुर्घटना हुदा स्थानिय एक महिला , गाडीका चालक र गाडीमा सवार गरि ३ जना घाइते भएका छ्न ।

यहाँ कमेन्ट गर्नुहोस्