११ पुष २०८१, बिहिबार

कारको ठक्करबाट एक महिलाको मृत्यु ,अन्य तीन घाइते

कान्छो खवर । सोमबार, मंसिर १०, २०८१

फोटो :अञ्जनि

गाईघाट  १०  मंसिर ।

मदन भण्डारी राजमार्ग अन्तरगत चौदण्डिगढि नगरपालिका ९ भिमामा सोमबार बिहान कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छ्न ।

गाईघाट देखि बेलटार तर्फ जादै गरेको प्रदेश -१ -०४-००१ च १३८६ नम्बरको निशान कारको ठक्करबाट स्थानिय ४५ बर्षिया कमला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिब्र गतिमा जादै गरेको उक्त कार घुमाउरो बाटोको मोडमा अनियंत्रित हुदा रुखमा ठोकिँदै बाटो छेउमा उछिटिएर सडक छेउमा बसिरहेकि चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट गम्भीर रूपमा घाइते भएकी उनलाई उपचारको लागि अस्पताल ल्याउदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि हरिहर नाथ योगीले बताए ।

दुर्घटनामा स्थानिय पनबती चौधरी , गाडीका चालक सप्तरी फत्तेपुरका अमर दियाली र गाडीमा रहेका साबन खाती घाइते भएका छन ।उनिहरुको बेल्टार अस्पतालमा उपचार भैरहेको छ ।

प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।मृतक चौधरीको शब पोस्टमार्टमकोलागि अस्पतालमा राखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्