कान्छो खवर । आइतबार, मंसिर ०९, २०८१
गाईघाट ९ मंसिर ।
नेपाली काङ्ग्रेसका महामन्त्री बिश्व प्रकाश शर्मा आज गाईघाट आइपुगेका छन् । स्थानिय तहको रिक्त पदकोलागी मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनको लागि पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका उमेदवारको लागि मत माग्न महामन्त्री शर्मा उदयपुर आइपुगेका हुन् ।
शर्मा त्रियुगा नगरपालिका १२ को रिक्त रहेको वडाअध्यक्ष पदमा उठेका सन्जिब काफ्लेको चुनावी प्रचारप्रसारमा सोही वडामा पुगेर मतदाता संघ मत मागेका छ्न । उनले मतदाता संघ काङ्ग्रेस उमेदवार काफ्लेलाई मत दिएर बिजय गराउन मतदाता संघ आग्रह गरेका छ्न ।
आईतवार दिउँसो आईपुगेका शर्माले उपनिर्वाचन हुने वडा नम्बर १२ पुगेर काङ्ग्रेस नेता कार्यकर्ता सङ्ग केहि समय निर्वाचन तयारी र अबस्था बारेमा जानकारी लिएका थिए । उनले सोम अबसरमा पार्टीबाट उमेदवार बनेका काफ्लेलाई बिजय गराउन डटेर लागी पर्न नेता कार्यकर्ताहरुलाई निर्देश गरेका छ्न ।
शर्मा सोमबार जिल्लाको बेलका नगरपालिका जाने कार्यक्रम रहेकोे नेपाली काङ्ग्रेसका पार्टी सभापति हिमाल कार्कीले बताए । बेलका नपा ९ मा समेत उप निर्वाचन हुदै छ ।पार्टीबाट उमेदवार बनेकाहरुको चुनावी प्रचारप्रसारकोलागि उनि उदयपुर आएका हुन् ।
त्रियुगा र बेलका नगरपालिकामा काङ्ग्रेसवास निर्बाचित वडा अध्यक्षको सवारी दुर्घटनामा मृत्यु भएपछी रिक्त पदमा उपनिर्वाचन हुन गइरहेको छ ।