१२ पुष २०८१, शुक्रबार

एस एस फाउन्डेसन काठमाडौबाट बेलकामा बिध्यार्थिहरुलाई झोला बितरण

कान्छो खवर । मंगलबार, मंसिर ०४, २०८१

गाईघाट  ४ मंसिर ।

एसएस फाउन्डेसन काठमाडौले  उदयपुरको बेलका नगरपालिका २ स्थित चन्द्रोदय आधारभुत बिधालयका ५० जना बिध्यार्थिहरुलाई मंगलबार  झोला वितरण गरेको छ ।

शैक्षिक सुधार कार्यक्रम अन्तरगत फाउन्डेसनले गरिब  बालबालिकाको लागि उक्त झोला वितरण गरेको  हो ।फाउन्डेसनका संरक्षक एबम रास्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री शोभित उप्रेतीले उपलब्ध गराएको उक्त झोला राप्रपाका केन्द्रिय सदस्य गोपि ढकालले बालबालिकालाई बितरण गरेका हुन ।

उनले सो कार्यक्रममा फाउन्डेसनले आगामी दिनमा  उदयपुरको बिकट पहाडी क्षेत्रका बिध्यालय र गरिब जेहेन्दार बिध्यार्थिहरुको लागि सहयोग गर्ने बताए । अब केहि दिन भित्रै जिल्लाको ताप्लि गाउपालिका बिध्यालयलाई कम्प्युटर र बिध्यार्थिहरुको लागि झोला बितरण गर्न लागिएको बताए ।

झोला बितरण कार्यक्रममा राप्रपा आधिबासी जनजाति बिभागका केन्द्रिय सदस्य जय लिम्बु  युवा संगठनका केन्द्रिय सदस्य प्रकास खत्री  , क्षेत्रिय समितिका अध्यक्ष पर्शुराम बस्नेत लगाएतका नेता कार्यकर्ता , शिक्षक र बिध्यार्थिका अभिभावक समेतको उपस्थिति रहेको थियोे ।

यहाँ कमेन्ट गर्नुहोस्