०७ पुष २०८१, आइतबार

आज मंगलचौथी , गणेश भगवानको पुजाआज गरिदै

कान्छो खवर । मंगलबार, मंसिर ०४, २०८१

गाईघाट  ४ मंसिर ।

आज मंगल् चौथी ।जिल्ला भरिका गणेश मन्दिरमा मंगलबार ब्रतालु भक्तजनहरुको भिड लागेको छ ।आजको दिन ब्रत बसे सम्पुर्ण अनिष्टबाट बच्न सकिने , सन्तान प्राप्ति , बिध्या , बुद्धि र काम शिद्व हुने  गणेश पुराणमा उल्लेख छ ।

गणेश चौथीका दिन भगवान गणेशको स्मरण गर्दै ब्रत बस्ने  परम्परा रहेको छ।गणेशजि मंगलबार र चतुर्दी तिथीको संयोग परेकोले त्यस दिनलाई गणेश चौथी भनिएको हो । यस दिन गणेशको ब्रत बस्दा धन सम्पत्ति र चिताएको कुरा पुरा हुने बिश्वास गरिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्