०१ माघ २०८१, मंगलबार

त्रियुगा र बेलका नगरपालिकामा हुने उपनिर्वाचनमा स्वतन्त्र सहित १६ जना जना उमेदवारको मनोनयन

कान्छो खवर । आइतबार, मंसिर ०२, २०८१

गाईघाट  २ मंसिर  ।

मंसिर १६ गते  हुने स्थानिय तहको रिक्त उपनिर्वाचनमा उदयपुरको दुई नगरपालिका  स्वतन्त्र सहित १६ जनाको उम्मेद्बारी परेको  छ ।

त्रियुगाको वडानम्बर १२ मा एक स्वत्रन्त सहित ८ दलबाट वडाअध्यक्ष  पदमा उम्मेद्बारी परेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।नेकपा एमालेबाट  लक्ष्मी चौधरी , नेपाली काङ्ग्रेसबाट  सन्जिब काफ्ले , माओवादी केन्द्रबाट  नबिन राई , राप्रपाबाट  लालबाबु साह , नेकपा एकीकृत समाजबादीबाट निर्मला चौधरी , रास्वपा पार्टीबाट  ध्रुव पोख्रेल , नागरिक उन्मुक्ति पार्टीबाट चन्द्रकला चौधरी र स्वतन्तबाट  बगरङि कुमार दासको उम्मेद्बारी परेको छ ।

त्यसै गरि बेलका नगरपालिका  ९ मा हुने उपनिर्वाचनमा एमालेबाट  मोहन खड्का , काङ्ग्रेसबाट नबराज बस्नेत , माओवादी केन्द्रबाट  भरत खड्का , जनता समाजबादी पार्टीबाट राजकुमार राई , राजस्वपाबाट  तेजमान बिक , राप्रपाबाट टीकाप्रसाद फुयाल र मङगोल  नेशनल ओगर्नाइजेशन पार्टीबाट  सुर्य तामाङको उम्मेद्बारी परेको हो ।

त्रियुगा र बेलका नगरपालिकामा वडाअध्यक्षको मृत्यु भए पछी रिक्त पदमा उपनिर्वाचन मंसिर १६ गते  हुदै छ ।

यहाँ कमेन्ट गर्नुहोस्