कान्छो खवर । बुधबार, कार्तिक २८, २०८१
गाईघाट २८ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टीले त्रियुगा नगरपालिका १२ को रिक्त वडाअध्यक्ष पदमा ब्याबसायि ध्रुव पोखरेललाई उमेदवार बनाउने भएको छ । पार्टीको आन्तरिक छलफल पछि मंसिर १६ गते हुने स्थानिय तह उपनिर्वाचनमा पोख्रेललाई वडा नम्बर १२ मा उमेदवार बनाउने निर्णय भएको हो ।
कुनै राजनैतिक पृष्ठभुमि नभएका पोख्रेल पेशाले ब्यबसायि हुन । स्वतन्त्र पार्टी अस्तित्वमा आएपछि उनि समर्थकको रूपमा स्वतन्त्र पार्टी प्रवेश गरेका थिए ।
त्यसै गरि बेलका नगरपालिका ९ को वडाअध्यक्षमा रास्वपाले तेजमान बिकलाई उमेदवार बनाउने भएको छ । पार्टीको सकृय कार्यकर्ता बिक केहि समय अघि मात्र रास्वपमा आएका हुन ।
जिल्लाको त्रियुगानपा१२ र बेलका नपा ९ मा उपनिर्वाचन हुदै छ । प्रमुख दल नेपाली काङ्ग्रेस , नेकपा एमाले र माओवादी केन्द्रले यस अघि नै रिक्त स्थानमा हुने उपनिर्वाचनको लागि उमेदवारको नाम टुंगो लगाइ सकेको छ ।राप्रपा र समाजबादी ले भने निर्वाचनमा उठ्ने उमेदवारको नाम अझै टुंगो लगाउन सकेको छैन। समाजबादिले नेकपा माओवादीको उमेदवारलाई नै समर्थन गरेर अघि बढ्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।
सवारी दुर्घटनामा परि दुबै वडाअध्यक्षहरुको मृत्यु भएपछि रिक्त रहेको वडाकोलागि उपनिर्वाचन हुनलागेको हो ।