०७ पुष २०८१, आइतबार

आज हरिबोधिनी एकादशी , आज घर घरमा तुलसीको बिबाह गरिदै

कान्छो खवर । मंगलबार, कार्तिक २७, २०८१

गाईघाट  २७ कार्तिक ।

प्रत्येक बर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान बिष्णुको प्रतीकको रूपमा मनाइने हरिबोधिनी एकादशी आज मनाइदै छ । तुलसीको दामोदर सङ्ग बिबाह र विशेष पुजा गरि घरघरमा रोपेर विशेष पुजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर धोजा पतका र फूलमालाले सजाएर आज बिबाह गरिन्छ ।

आषाद शुक्ल एकाद्शी अर्थात हरिशयनी एकाद्शीका दिन क्षिरसागरमा सुतेका भगवान बिष्णु ब्युझिने भएकोले आजको एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ ।

तुलसी बिष्णु पृया भएकोले यस दिन तुलसीको दामोदर सङ्ग बिबाह गर्ने हिन्दु परम्परा रहेको छ ।तुलसीको पुजा गरिएको घरमा यमदुत पस्दैन भन्ने आस्था र मान्यता रहदै आएको कारण घरघरमा तुलसीको मोठ बनाउने चलन रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्