कान्छो खवर । सोमबार, कार्तिक २६, २०८१
गाईघाट २६ कार्तिक ।
उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा रिक्त रहेको वडाअध्यक्ष पदकोलागि मंसिर १६ गते हुने उपनिर्वाचनमा नेकपा एमालेबाट उठ्ने उमेदवारको टुंगो लागेको छ ।
त्रियुगा १२ मा कानुनब्यबसायि लक्ष्मी नारायण चौधरीलाई एमालेले अध्यक्ष उमेदवारमा सिफारिस गरेको हो ।उनि भर्खरै मात्र एमाले प्रवेश गरेका हुन ।बिजय गच्छदारको पार्टी हुदै चौधरी पछिल्लो समय असोक राई नेतृत्वको समाजबादि पार्टीमा आबद्ध रहेका थिए । अघिल्लो स्थानिय तहको निर्बाचनमा सोही पार्टीबाट त्रिनपा १२ बाट उमेदवार बनेर चौधरी पराजित भएका थिए ।
नेकपा एमालेले आसन्न उपनिर्वाचनमा १२ वडाको वडाअध्यक्षमा रमेश राउतलाई उमेदवार बनाउन चाहेको थियोे तर राउत उमेदवार नबन्ने भएपछि पार्टीले चौधरीको नाम सिफारिस गरेको हो ।
माधब कुमार नेपाल नेतृत्वको नेकपा समाजबादि पार्टीको बाहुल्य रहेको सो वडा त्रियुगाको पुर्ब मेयर एबम समाजबादिका केन्द्रिय सचिव बलदेब चौधरीको प्रभाव क्षेत्र मानिन्छ ।उक्त क्षेत्रमा निर्णायक मत समाजबादिको रहेको छ । एमालेले लक्ष्मी चौधरीलाई उमेदवार नबनाएको अबस्थामा समाजबादिले उनै चौधरीलाई पार्टीको तर्फबाट रिक्त अध्यक्ष पदमा उमेदवार बनाउने चर्चा चलेको थियोे ।
एमालेले बेलका नगरपालिका ९ को रिक्त वडाअध्यक्ष पदको लागि मनोज खड्काको नाम सिफारिस गरेको छ । त्रियुगा १२ र बेलका ९ मा काङ्ग्रेसबाट निर्बाचित वडाअध्यक्ष क्रमशः चुडाराज काफ्ले र पदम खड्काको सवारी दुर्घटनामा परि निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।