०७ पुष २०८१, आइतबार

काङ्ग्रेसले त्रियुगा र बेलका नगरपालिकामा हुने उपनिर्वाचनको लागि उमेदवार बन्नेको नाम टुंगो लगायो

कान्छो खवर । शनिबार, कार्तिक २४, २०८१

गाईघाट  २४ कार्तिक ।

उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा रिक्त रहेको वडा अध्यक्ष पदको लागि आगामी मंसिर १६ गते हुनेछ निर्वाचनकोलागि काङ्ग्रेसले उमेदवार टुंगो लगाएको छ ।

नेपाली काङ्ग्रेस  उदयपुरको बिहिवार बसेको संसदीय समितिको बैठकले दुई गाउपालिकाको लागि हुन गइरहेको उपनिर्वाचनको लागि सर्बसम्मत रूपमा उमेदवार चयन गरेको हो ।

काङ्ग्रेसबाट निर्बाचित त्रियुगा १२ का वडा अध्यक्ष चुडाराज काफ्ले  र बेलका ९ का वडा अध्यक्ष पदम खड्काको सवारी दुर्घटनामा परी निधन भए पछि सो वडाकोलागि उपनिर्वाचन हुन लागेको हो ।

काङ्ग्रेसले त्रियुगा १२ को  वडाअध्यक्षकोलागि सन्जिब काफ्लेलाई उमेदवार बनाउने निर्णय गरेको छ । काफ्ले मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएका पुर्ब वडाअध्यक्ष चुडाका छोरा हुन ।उनि शिक्षण पेशामा आबद्ध छ्न । त्यसै गरि बेलका नपा ९ को वडाअध्यक्ष पदमा नबराज बस्नेतलाई पार्टीले उमेदवार बनाउने टुंगो लगाएको  पार्टी सचिव मुरारी खड्काले बताए ।

नेकपा माओवादी केन्द्रले यस अघि नै पार्टीको तर्फबाट उमेदवार बन्नेको नाम सार्वजनिक गरिसकेको छ भने नेकपा एमाले लगाएत अन्य पार्टीले अहिले सम्म उमेदवार बन्नेको नाम सिफारिस गरेको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्