नमिता राई सोमबार, फाल्गुण ३०, २०७८
गाईघाट ३० फुागुन
प्रहरीले उदयपुरबको बेलका नगरपालिका –१ आम्वासी बाट लागु औषध व्राउन सुगर सहित एक यूवा लाई पक्राउ गरेको छ । रामपुर –फत्तेपुर सडक खण्ड अन्र्तगत आम्वासी चौकमा प्रहरी चेकिङको क्रममा शनीवार राती ८ वजे कालो रङगको फ्लाष्टिक को पोकोमा लुकाएर ल्याउदै गरेको अवस्थामा १३ ग्राम व्राउन सुगर सहित चौढण्डीगढी नगरपालिका–४ का ३१ वर्षिय भुषण राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपि वेद प्रसाद गौतमले बताए ।प्रहरीले यति घेरै परिणाममा व्राउन सुगर पक्राउ गरेको पहिलो पटक हो । राई लागुऔषधको कारोवारी हुन सक्ने प्रहरीले अनुमान गरेको छ । थप अनुसन्धानको लागी जिल्ला अदालत उदयपुरमा १० दिनको म्याद थप गरी राई लाई हिरासतमा राखीएको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्