११ पुष २०८१, बिहिबार

सप्तकोशी नदि किनारबाट बेवारिसे अबस्थामा ५५ केजी गाजा बरामद

कान्छो खवर । शुक्रबार, कार्तिक ०९, २०८१

गाईघाट   ९  कार्तिक  ।

प्रहरीले  बेलका नगरपालिका  ८ स्थित सप्तकोशी किनारबाट  ५५ किलो गाजा बरामद गरेको  छ  ।नियमित गस्तीमा गएको प्रहरी टोलिले बिहिवार साझ बेवारिसे अबस्थामा कोशी किनारमा प्लास्टिकको बोरामा प्याक गरेर राखेको अबस्थामा उक्त गाजा फेला पारेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

सप्तकोशी हुदै भारत तर्फ उक्त गाजा लान कोशी किनारमा तस्करहरुले लुकाएर राखेको प्रहरीले अनुमान गरेको छ ।विभिन्न समयमा पनि प्रहरीले कोशी किनारबाट बेवारिसे अबस्थामा गाजा फेला पार्दै आएको छ ।

कोशी टप्पु आसपास र भोजपुरको तल्लो भेगमा गाजाको अबैध खेती हुने गरेको छ ।सो क्षेत्रमा उत्पादित गाजा तस्करी मार्फत भारत तर्फ निकासी हुने गरेको छ ।

बेवारिसे अबस्थामा भेटिएको उक्त गाजाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी प्रबक्ता एसएसपि भिम बहादुर दाहालले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्