कान्छो खवर । मंगलबार, कार्तिक ०६, २०८१
गाईघाट ६ कार्तिक ।
श्रीमानले पेट्रोल छर्किएर शरिरमा आगो लगाउदा गम्भीर घाइते भएकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ ।
उदयपुरको बेलका नगरपालिका ८ डुडखोलाकी ४० बर्षिया पुर्णकला राईको उपचारको क्रममा धरानस्थित बिपि स्वास्थ बिज्ञान प्रतिस्ठानमा सोमबार दिउसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरायसी विवादको क्रममा श्रीमान दान बहादुर राईले असोज २२ गते साझ पुर्णकलालाई पेट्रोल छर्किएर शरीरमा आगो लगाएका थिए । आगोले जलेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि धरान लगिएको थियोे ।
घटना लगत्तै गाउलेको सहयोगमा दान बहादुरलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय रामपुरको नियन्त्रणमा राखिएको एसपि हरिहर नाथ योगीले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्