१२ पुष २०८१, शुक्रबार

रबि लामिछाने पक्राउको विरुद्ध कटारीमा कोणसभा

कान्छो खवर । शनिबार, कार्तिक ०३, २०८१

गाईघाट  ३ कार्तिक  ।

रबी लामीछाने पक्राउको बिरोधमा सनिवार उदयपुरको कटारी बजारमा बिरोध प्रदर्शन गरिएको छ । रास्ट्रिय स्वतन्त्र पार्टी कटारी नगर कमिटीको आयोजनामा भएको उक्त बिरोध प्रदर्शनमा कटारी नपा  ४ सिम्ले देखि मोटरसाइकल  र्‍याली गर्दै  बुद्ध पार्क देखि भूगोल पार्कमा आएर कोणसभा गरिएको थियोे  ।

कोणसभा नगर कमिटीका अध्यक्ष सुरेन्द्र जसवालले सहकारी ठगीमा रबि लामीछाने दोषी नभएको तर सरकारले फसाउने उदेश्यले लामिछानेलाई पक्राउ गरेको बताए  ।

उनले सरकारले पहिले देखि नै रबिलाई विभिन्न आरोप लगाएर पक्राउ गर्न खोजेको आरोप लगाए ।अब सरकारले  यस्तै रबैया अपनाएर अघि बढने हो भने कुनै पनि बेला मुलुक  बङगला देश जुस्तै बन्ने  ठोकुवा उनले गरेको  ।

यहाँ कमेन्ट गर्नुहोस्