राजकुमार परियार बिहिबार, आश्विन २४, २०८१
तोडफोड गरिएको पत्रकारको क्यामरा
गाईघाट २४ असोज।
समाचार संकलनको क्रममा पानी उधोगिबाट दुई पत्रकारमाथि दुव्र्यवहार भएको छ ।पुर्णपुष्टि अनलाईन समाचारमा कार्यरत बिक्रम राई र सुनिल राईमाथि बुधबार रौतापानी उधोगका संचालकबाट दुव्र्यवहार भएको हो ।
उद्योगबाट उत्पादित जारको पानीमा कुखुराको प्वाँख भेटिए पछी समाचार संकलनको लागि उद्योग पुगेका उनिहरुलाई संचालक परसुराम चौधरी र परिबारका अन्य सदस्यले दुव्र्यवहार गर्दै उनिहरुको क्यामरा फुटाइ दिएका थिए ।
पत्रकार माथि भएको उक्त घटनाको घोर भर्सना र दोषी उपर कार्बाहिको माग गर्दै नेपाल पत्रकार महासङ्ग उदयपुर ,प्रेस सेन्टर उदयपुर र जनजाती पत्रकार महासङ उदयपुरले छुट्टाछुट्टै बिज्ञप्ति जारी गरेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्