कान्छो खवर । बिहिबार, आश्विन २४, २०८१
गाईघाट २४ असोज ।
उदयपुर सिमेन्ट उधोगले डेडिकेटेड तथा ट्रङ्कलाईन उपभोग गरे बापत ४४ करोड ७४ हजार ५३३ रुपैया बक्यौता बुझाउन बाकि रहेको छ ।
नेपाल बिधुतप्राधिकरणले बिहीबार गोरखापत्रमा जारी गरेको सूचनामा उदयपुर सिमेन्टलाई उक्त रकम तिर्न कार्तिक ८ गते सम्ममा तिर्न भनेको छ ।
डेडिकेटेड तथा टंकलाईनको बक्यौता रकम बुझाउन अन्य ४९ वटा ठुला उधोगलाइ समेत प्राधिकरणले सूचना मार्फत कार्तिक ८ गतेको समय तोकेको छ । डेडिकेट तथा टंकलाईन मार्फत २०७२ माघ देखि २०७५ बैशाख सम्म उद्योगहरुले उपभोग गरेबापतको रकम नबुझाए पछी प्राधिकरणले ति उधोगहरुको बिधुत समेत काटेको थियोे ।
पटकपटक तिर्न आग्रह गरेकोमा उधोगहरुले बेवास्ता गर्दै आइरहेका छ्न प्राधिकरणले अब कानुन बमोजिम असुल उपर गरिने भन्दै सार्वजनिक सूचना जारी गरेको जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्