कान्छो खवर । बुधबार, आश्विन २३, २०८१
फोटो : शलिकराम बन्जाडा
गाईघाट २३ असोज ।
बाढीले क्षतिग्रस्त धाप्लाङस्थित सुनकोशीको झोलुंगे पुल मर्मत सम्भार पछी सन्चालनमा आएको छ । असोज १२ गतेको अविरल बर्षा पछी कोशीमा आएको भीषण बाढीले पुलको लठ्ठा सहित तारजाली बगाए पछी झोलुंगे पुल हुदै उदयपुर र खोटाङ दुबै तर्फ आबतजाबत बन्द भएको थियोे ।
स्थानिय बासिन्दाको श्रमदान र बराहपोखरी गाउपालिका खोटाङको आर्थिक सहयोगमा दुई दिन लगाएर पुलको मर्मत सम्भार भए पछी सोमबार देखि झोलुङ्गे पुल हुदै आवगमन सुचारू भएको गाउपालिकाका अध्यक्ष शालिकराम बन्जडाले बताए ।
बराहपोखरी २ सुन्तले र उदयपुरको धाप्लाङ जोड्ने उक्त झोलुङ्गे पुल हुदै दुबै जिल्लाका सर्बसाधारण पैदल तथा मोटरसाइकल मार्फत आबतजाबत गर्दै आउने गरेका छ्न । कोशीमा पुल नहुदा अहिलेसम्म हिंडडुलको लागि झोलुङ्गे पुलमा नै स्थानिय निर्भर हुदै आएका छ्न ।
यहाँ कमेन्ट गर्नुहोस्