कान्छो खवर । मंगलबार, आश्विन २२, २०८१
गाईघाट २२ असोज ।
बैकल्पिक सडक प्रयोग गरेर आइतबार देखि खोटाङ सङ्ग यातायात सेवा सुचारु गरिएको छ ।
सगरमाथा लोकमार्ग अन्तरगत फोक्सिङटार स्थित सुनकोशीको पक्की पुल असोज १२ गतेको बाढीले बगाए पछी खोटाङ सङको सिधा यातायात सेवा अबरुद्ध भएकोमा उदयपुर तर्फको रसुवा सम्मको ५ किलोमिटर बैकल्पिक सडक निर्माण गरेर उदयपुर तर्फ यातायात सुचारु गरिएको गाईघाट – दिक्त्तेल सडक योजना कार्यालयले जनाएको
रौतामाई गाउपालिका ५ आपटार देखि रसुवाको झोलुङ्गे पुल बारि सम्म यातायात सन्चालन भैरहेको र त्यस पछी झोलुंगे पूल तरेर पारि खोटाङबाट पुन गाडी चडेर दिक्त्तेल लगायतका अन्य ठाउमा यातायात सन्चालन भएकोले यात्रुलाई सहज भएको योजना प्रमुख डिइ पशुपति ज्ञवालीले बताए ।
झोलुङ्गे पुल सम्म गाडी सन्चालनको लागि पुरानो सडकलाइ स्तरउन्नति गरिएको उनले बताए । दसैंको बेला खोटाङ तर्फ यातायात सन्चालन गरेर स्थानिय बासिन्दाहरुलाई आबतजाबतमा सहजताको लागि योजनाको प्राबिधिक परिचालन गरेर बैकल्पिक मार्ग निर्माण गरिएको प्रमुख ज्ञवालीले बताए ।
गौरी पार्बती वाईबी जेबीले २२ करोड ६७ लाख ११ हजार रुपैयाको लागतमा १२ बर्ष अघि निर्माण गरेको उक्त पूल बगाए पछी दशै पछी कोशीमा बेलिब्रीज लगाउने तयारी समेत भैरहेको उनले बताए ।