०६ पुष २०८१, शनिबार

भुटान भ्रमण सकेर पुर्ब राजा ज्ञानेन्द्र स्वदेश फिर्ता

कान्छो खवर । आइतबार, आश्विन २०, २०८१

गाईघाट  २१ असोज  ।

पुर्ब राजा ज्ञानेन्द्र शाह भुटानको भ्रमण  सकेर आइतबार बिहान स्वदेश  फर्किएका छ्न ।  शाह भुटान नरेशको निमन्त्रणामा ४ दिने  भ्रमणको लागि गत बिहीबार भुटान गएका थिए ।

४ दिन सम्म भुटान बसेका पुर्ब राजाको भ्रमण निजी भनिएको छ । तर भ्रमणलाई अर्थपुर्ण रूपमा हेरिरहेको छ । भुटान रहदा  उनको राजपरिबारका सदस्यहरु सङ्ग मात्र भेटघाट  तथा बार्तालाभ भएको जनाइएको छ ।

नरेश जिग्मेकेशर वाङचुङले शाही अथिति गृह थिम्पुमा  शाहको बिदाइ गरेका थिए  भने राजकुमारीले उनलाई   हवाई जहाजमा  आएर नै बिदाइ गरेकी थिइन ।  पुर्ब राजा सङ बुहारी  ,नातिनी सहित  निजी सचिबालयका कर्मचारीहरु भुटान गएका थिए  ।

यहाँ कमेन्ट गर्नुहोस्