कान्छो खवर । शनिबार, आश्विन १९, २०८१
गाईघाट १९ असोज ।
उदयपुरको रौतामाई गाउपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणाको लागि सम्पुर्ण तयारी पुरा भएको छ । वडाले सबै सुचकहरु पुरा गरिसकेकोले दशै तिहार पछि बालमैत्री वडा घोषणा गरिने जानकारी सनिवार अनुगमनको क्रममा सरोकारवालाले दिएको छ ।
रौतामाईका अध्यक्ष बीरेन्द्र मगरले दशै तिहार पछी अनुकुल समय पारेर ६ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिने बताए । वडाले ९९ प्रतिशत सुचक पुरा गरिसकेकोले अब बालमैत्री वडा घोषणा गर्न लागिएको बताए ।
बाल बचाउ तर्फ १४ , बाल सहभागी तर्फ ६ सस्थागत बिकास तर्फ १५ , बाल संरक्षण तर्फ १० र बालबिकास तर्फ ५१ प्रतिशत सुचक पुरा गर्नुपर्नेमा उक्त वडाले ९९ प्रतिशत सुचक पुरा गरिसकेको जाल्पा एकीकृत बिकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोख्रेलले बताए ।
पुर्ब तयारीको लागि गरिएको अनुगमनमा रौतामाईका अध्यक्ष मगर , उपाध्यक्ष भुपेन्द्र थापा , जाल्पाका अध्यक्ष पोख्रेल , जनप्रतिनिधिहरु सन्चारकर्मिहरु र स्थानिय बासिन्दाहरुको उपस्थिति रहेकोे थियोे ।
बालमैत्री वडा घोषणाकोलागि आबस्यक सुचकहरुको अनुगमन गर्ने क्रममा बिध्यालयको आबस्यक पुर्बधार , प्रारम्भिक बालबिकास केन्द्रको अनुगमन गरिएको जाल्पाका पोकल पर्सन रुद्र पोख्रेलले बताए ।
नेपाल सरकारको नीति तथा उदेश्य नेपाललाई बालमैत्री घोषणा गर्ने लक्ष्य अनुसार विभिन्न सहयोगी संघ सस्थाहरुको सहयोगमा घोषणा गर्न लागिएको अध्यक्ष मगरले बताए । स्थानिय तहबाट मात्रै सम्भब नहुने देखिएर गैरसरकारी संघ सस्थाहरुको सहयोग लिनु परेको उनलेे बताए ।
अनुगमनको क्रममा वर्ड भिजन नेपाल जिल्ला संयोजक आनन्द खड्काले बालबालिकाको चौतर्फी बिकासको लागि बालमैत्री घोषणा गर्न र समुदाय लगायत संबंधित निकायहरुमा ब्यबहारिकता सहित परिवर्तनको लागि आबश्यक प्राबिधिक सहयोग र बजेट ब्यबस्थापन गर्न सकिने बताए ।
वडा मैत्री घोषणाको लागि वर्ड भिजन र जाल्पाले आर्थिक र प्राबिधिक सहयोग गरेको छ ।