०६ पुष २०८१, शनिबार

भौतिक पुर्बाधार बिकास मन्त्री राईले गरे सुनकोशीले बगाएको पुलको निरीक्षण , तत्काल बेलिब्रीज जडानको काम सुरु गर्न निर्देशन

कान्छो खवर । बिहिबार, आश्विन १७, २०८१

गाईघाट १७ असोज  ।

कोशी प्रदेशका भौतिक पुर्बधार बिकास मन्त्री भुपेन्द्र राईले  सुनकोशी नदिमा बेलिब्रीज जडानको लागि तयारी सुरु गर्न निर्देश दिएका छ्न ।

गाईघाट – दिक्त्तेल सडक आयोजना अंतरगत फोक्सिङटार स्थित सुनकोशीमा रहेको पक्की पुल गत सनिवार कोशीमा आएको बाढीले बगाए पछी बिहिवार  मन्त्री राई उक्त क्षेत्रको निरीक्षणमा पुगेका छ्न ।

सडक योजना कार्यालयका प्राबिधिक इन्जिनियर सहित पुगेका मन्त्री राईले बिग्रेको सडक तत्काल मर्मत सम्भार  गर्न कर्मचारीलाई निर्देशन दिएको छ्न ।उनलेे  चाडो भन्दा चाडो बेलिब्रीज जडानको लागि काम सुरु गर्न  कर्मचारीलाई निर्देशन गरेका छ्न ।

मन्त्री राईले दसै लगतै गाडी सन्चालन गर्नको लागि बेलिब्रीज निर्माण गर्नुपर्ने भएकोले इन्जिनियर सहितको टोलिलिएर पुल बगाएको  क्षेत्रको अनुगमन गरेर काम सुरु गर्ने तयारीमा जुटेको बताए  ।

गाईघाट – दिक्त्तेल सडक योजनाका प्रमुख पशुपति  ज्ञवालीले बेलिब्रीज जडानको लागि प्राबिधिक टोलिबाट सर्बे गरिने बताए  ।मन्त्रीबाट समेत चाडो काम सुरु गर्न निर्देशन आएकोले अब  सर्ब्रेको काम अघि बढाइने उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्