१२ पुष २०८१, शुक्रबार

गोलि लागेर भारतीय अभिनेता गोबिन्दा घाइते

कान्छो खवर । बुधबार, आश्विन १६, २०८१

गाईघाट  १६  असोज  ।

भारतीय चलचित्रका प्रसिद्ध अभिनेता गोबिन्दा  गोलि लागेर घाइते भएका छ्न  । आफु सङ रहेको लाइसेन्स प्राप्त रिभल्बर सफा  गर्ने क्रममा मंगलबार बिहान ४: ४५ बजेको समयमा मिस फायर हुदा उनि घाइते भएको भारतीय सन्चार माध्यमहरुले जनाएको छ ।

 

कलकत्तामा रहेकी  श्रीमती भेट्न आउन लागेका उनको दाहिने खुट्टाको घुडामा गोलि लागेको थियोे  । उनलाई तत्काल अस्पताल लगिएको र शल्यक्रिया गरेर गोलि निकालिएको आजतकले जनाएको छ ।

उनको अबस्था अहिले सामान्य रहे पनि आइसियुमा राखेर उपचार भैरहेको छ । गोबिन्दाले भ्वाइस म्यासेज जारी गर्दै  आफ्नो सामान्य  गल्तीबाट गोलि चलेको र आफु खतराबाट बाहिर रहेकोे उल्लेख गरेका  छ्न । उनले भगवान , चिकित्सक , आमा बुबा र सबैको आशीर्वादले सकुशल रहेको बताएको आजतकले उल्लेख गरेको छ ।

मुम्बई प्रहरीले उनको रिभल्बर नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्