कान्छो खवर । मंगलबार, आश्विन १५, २०८१
गाईघाट १५ असोज ।
गत सनिवार कोशीमा आएको बाढीले ब्याबसायिको खयरको टुन बगाएको छ । उदयपुरको लिम्चुङबुङ गाउपालिका ४ स्थित सुनकोशी नदि किनारमा थुपारेर राखेको झन्डै २० टन खयरको काठ बगाएको हो ।
किसान सङ किनेर टुन बनाएर इटहरी ल्याउन खोजिएको झन्डै २० लाख मुल्य बराबरको खयरको काठ बगाएको पीडित ब्याबसायि बद्री पौडेलले बताए । किसानलाई सबै रकम बुझाइ सकेका थियौ , ल्याउनकोलागि नदि किनारमा राखेको थियौ तर सबै लकडि बाढीले बगाएर लगेको उनले बताए ।
हामीलाई यत्रो क्षति पारेको छ, हाम्रो क्षति पुर्ति कस्ले दिने हो हामीले क्षतिपुर्ति नपाउने हो भने आफुहरु निकै पिडिन हुने पौडेलले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्