११ पुष २०८१, बिहिबार

अविरल बर्षाको कारण सडक अबरुद्ध हुँदा समयमा उपचार नपाएर एक बालकको मृत्यु

मृतक बालक

कान्छो खवर । आइतबार, आश्विन १३, २०८१

फोटो : गणेश

गाईघाट १३ असोज  ।

उदयपुरको रौतामाईमा समयमा उपचार नपाएर एक बालकको मृत्यु भएको छ ।रौतामाइ गाउपालिका ६  बासबोटे निगालेका मान बहादुर मगरको  ७ बर्षिय छोरा एन्जल मगरको आइतबार दिउसो १ बजे  मृत्यु भएको हो ।

सामान्य बिरामी बालकलाई सनिवार उपचारको लागि गाईघाट अस्पताल ल्याउन खोजिएकोमा अविरल बर्षाले बाटो अबरुद्ध हुदा  अस्पतालमा ल्याउन नसकिएको मृतकका बाबु मानबहादुरले बताए  ।

आज बोकाएर ल्याउदै थियौ , बाटोमा बिरामीलाई केहि असहझ भए पछी नजिकैको खाबु स्वास्थ चौकि ल्याएर राखेका थियौ तर  बालकको   केहि बेर मै मृत्यु भयो । उनले भने ।

हिजो उपचारकोलागी ल्याउन पाएको भए  छोरालाई बचाउन सकिन्थ्यो होला । उनले भने । समयमा उपचार गर्न नपाउदा छोरा गुमाउनु परेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्