कान्छो खवर । आइतबार, आश्विन १३, २०८१
क्षतिग्रस्त चुहारको झोलुङ्गे पुल
गाईघाट १३ असोज ।
अविरल बर्षा पछी सुनकोशीमा आएको बाढीले सनिवार साझ चुहारको झोलुङ्गे पुललाई क्षति पुर्याएको छ ।
उदयपुर र भोजपुर जिल्ला जोड्ने उक्त पुल क्षतिग्रस्त बने पछी हिजो साझ देखि दुबै तर्फको आबतजाबत बन्द भएको स्थानिय केसब राईले बताए ।कोशीमा आएको बाढीले पुल को एउटा फलामे लठ्ठा बगाएको र पुलको बीच भागको फलामका पाताहरु समेत बगाएको छ ।
कोशीको बाढी पुल भन्दा माथि सम्म आएकोले झोलुङ्गे पुलमा निकै क्षति पुगेको राईले बताए ।अहिलेसम्म यति धेरै बाढी आएको थिएन , तर यो पटक बाढी ठुलो आएकोले पुललाई क्षति पुगेको उनले बताए ।
अहिले दुबै जिल्ला तर्फ आबतजाबत पुर्ण रुपमा बन्द भएको उनले बताए । दुबै तर्फ आबतजाबतको एक मात्र साधन झोलुङ्गे पुल मात्र रहेकोे अहिले सर्बसाधारणलाई निकै समस्या परेको बेलका नगरका मेयर मेयर असोक कार्कीले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्