११ पुष २०८१, बिहिबार

सप्तरी कारागारमा रहदा कर्मचारीबाट बलात्कृत भएको भन्दै एक महिला कैदीले प्रहरीमा उजुरी दिएको खुलासा

कान्छो खवर । शुक्रबार, आश्विन ११, २०८१

गाईघाट ११ असोज ।

जिल्ला कारागार उदयपुरमा रहेकी एक महिला कैदीले सप्तरी कारागारमा रहदा आफु माथि एक कार्यलय सहयोगीले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएको खुलासा भएको छ ।

पीडित महिला कैदीले गत भदौ २१ गते आफू सप्तरी कारागारमा बलात्कृत भएको भन्दै उदयपुर प्रहरीमा जाहेरी दिएको थिइन् ।तर उनको उजुरी अझै सुनुवाइ हुन सकेको छैन ।उनले जाहेरीमा राजबिराज स्थित सप्तरी कारागारमा बिगत १७ बर्ष देखि कार्यलय सहयोगीको रूपमा कार्यरत राजबिराज नगरपालिका ८ बस्ने चन्दन भनिने ३५ बर्षिय चन्द्रनारायण यादवले बलात्कार गरेको उल्लेख गरेकी छिन् ।

अनेकौं डर धाक देखाउदै यादवले २०८० माघ ५ गते दिउसो ४.३० बजे कारागारको प्रशासनिक भबनमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकि छिन। म माथि पटकपटक बलाकृत गरिएयो उनले उल्लेख गरेकी छिन । मैले म सङ सप्तरी कारागारमा रहेकी एक महिला कैदिलाइ घटना बारे जानकारी दिए पछी मलाई बलात्कृत गर्ने यादवले अनेकौं प्रलोभन दिएको समेत उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।

मैले उनको कुनै प्रलोभन स्वीकार नगरे पछी मलाई मार्न सम्मको धम्की यादवले दिएको र मलाई उनकै डिजाइनमा जेल प्रशासनले सिराहा लगाएत अन्य जिल्ला हुदै उदयपुर कारागारमा सरुवा गरिएको जाहेरीमा उल्लेख छ।

कर्तव्य ज्यान , ज्यान मार्ने उद्योग र आत्महत्या मुद्दामा कैद भुक्तान गरिरहेकि पीडित महिला साउन ८ गते सिराहा कारागार बाट सरुवा भएर आएको कारागार प्रशासनले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपि हरिहरनाथ योगीले प्रहरीमा भदौ २१ गते जाहेरी परेको र भदौ ३० मा सप्तरी प्रहरी कार्यालयमा जाहेरी पठाइएको बताए । बलात्कारको जाहेरी महिला कैदि बाट आएकोले वारदात स्थान सप्तरी भएकोले उतै अनुसन्धानको लागि जाहेरी पठाइएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्