१२ पुष २०८१, शुक्रबार

अबैध रूपमा खोलाबाट ढुङ्गा उत्खनन गर्ने १५ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

कान्छो खवर । शुक्रबार, आश्विन ११, २०८१

गाईघाट ११ असोज ।

प्रहरीले मोरङको केराबारीबाट बिहिवार साझ १५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । केराबारी गाउपालिका ८ स्थित खदम खोलाबाट अबैध रूपमा नदिजन्य पदार्थ ढुङ्गा उत्खनन गरीरहेको बेला साझ ६ बजे ति ट्याक्टरहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अहिले गाउपालिकाले नदिजन्य पदार्थ उत्खनन गर्न रोक लगाएको छ। उत्खनन गर्न ठेक्का लागेको छैन ।कानुन बिपरित ब्याबसायिहरुले साझ खोलाबाट ढुङ्गा उत्खनन गरिरहेको जानकारी आएकोले प्रहरी टोलि गएर ट्याक्टर नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रबक्ता वरिष्ठ प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताए ।

प्रहरीले नियन्त्रणमा लिएको सबै ट्याक्टरहरुलाई कानुनी कार्यबाहिको लागि गाउपालिका शुक्रबार बुझाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्