१२ पुष २०८१, शुक्रबार

दुध कोशीमा बेपत्ता युवकको खोजीमा आएको सशस्त्र प्रहरीको गोताखोर टोलि फर्कियो

कान्छो खवर । बिहिबार, आश्विन १०, २०८१

फोटो :टकेन्द्र राई

गाईघाट १० असोज ।

दुध कोशीमा ४ दिन अघि बेपत्ता युबकको खोजीमा आएको सशस्त्र प्रहरीको गोताखोर टोलि फर्किएको छ । बर्षाको कारण नदिमा आएको बाढीको कारण खोजी कार्यमा कठिन भएकोले गोताखोर टोलि बुधबार फर्किएको प्रहरीले जनाएको छ ।

माछा मार्न दुध कोशी गएको बेला असोज ६ गते सोमबार खोटाङ हलेसी तुवाचुङ नगरपालिका ६ मंगलटारका १८ बर्षिय घनश्याम पुलामी मगर बेपत्ता भएका थिए । ८ जना साथीहरू सङ माछा मार्न कोशी गएका मगरको खुट्टाको चपल नदिले बगाए पछी चप्पल पक्रने क्रममा मगर बगेर बेपत्ता भएका थिए ।

मगरको खोजीमा जुटेका प्रहरी र स्थानिय गाउलेहरुले उनलाई फेला पार्न नसके पछी १ नम्बर बाहिनी पकली सुनसरीबाट गोताखोर टोलिलाई बोलाइएको थियो । मंगलबार आएर खोजीमा जुटेको टोलि बुधबार साझ फर्किएको डिएसपी पुरुषोत्तम खड्काले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्