०७ पुष २०८१, आइतबार

सानो पार्टी समाप्त पार्ने बाटोमा एमाले हिडेको अध्यक्ष नेपालको आरोप

कान्छो खवर । शुक्रबार, भाद्र २८, २०८१

गाईघाट २८ भदौ ।

नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधबकुमार नेपालले जनताको भाग्य र भबिस्य सङ जोडिएकोले संविधान संशोधनकोलागि राजनैतिक दल , नागरिक समाज र जनताको बिचमा गएर छलफल चलाउनु पर्ने बताएका छ्न ।

सम्बिधान संशोधनको विषयमा अहिले सबैले चासो लिएर हेरिरहेका छ्न,दुई पार्टीका दुई नेता राति बसेर सम्बिधानलाई आफ्नो पेवा बनाएर सानो पार्टीलाई समाप्त गर्ने बाटोमा एमाले हिड्न खोजेको छ ।अध्यक्ष नेपालले भने ।एमालेको उक्त बहकाउमा काङ्ग्रेस पार्टी हिड्न नहुने उनले बताए

नेकपा एकीकृत समाजबादी उदयपुरले शुक्रबार गाईघाटमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई दलले एकलौटि रूपमा गर्न लागेको सम्बिधान संशोधनमा आफ्नो पार्टीको बिरोध हुने बताए ।

सम्बिधान संशोधन गर्नै परे सबै दल , नागरिक समाज र जनता सम्म पुगेर बृहत छलफल र बहस गर्नु पर्ने र अनि सबैको सहमतिमा सम्बिधान संशोधन गरिनु पर्ने उनले बताए ।

अध्यक्ष नेपालले एमालेले सम्बिधान मिचेर गलत बाटो लिएको कारण आफुहरुले अर्को नया पार्टी निर्माण गर्नु परेको बताए ।एमालेले जनता बिर्सियो , कार्यकर्तालाई सम्झिएन , सामुहिक भाबनाबाट चल्न छोड्यो अनि ब्यक्ति केन्द्रित बन्न खोजेको कारण अर्को पार्टी खोल्नु परेको उनले बताए ।

उनले एमाले अझै पनि सहि बाटोमा हिडोस भन्ने कामना रहेकोे बताए ।एमाले सुध्रीयोस , नसिद्धियोस हामी उनिहरुलाई गाली गलौज गर्दैनौं तर एमाले आफै समाप्त हुन खोजेको हो भने हाम्रो केहि भन्नु छैन , भिरबाट खस्न लागेको गोरुलाई रामराम भन्न सकिन्छ तर काध थाप्न नसकिने उनले बताए ।

अध्यक्ष नेपालले अब जनता र कार्यकर्ताले नेताहरुको खबरदारी गर्नुपर्ने बेला आएको बताए ।जनता र नेता अब इमानदार बन्नुपर्ने समय आएकोले आफ्नो जिम्मेवारी पुरा गर्ने तर्फ सबै अग्रसर हुनुपर्ने उनले बताए ।अब पनि नेता नसुधि्ने हो भने बिग्रेको नेतालाई फाल्दिनु पर्ने उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्