१९ पुष २०८१, शुक्रबार

नेकपा माओवादीको प्रदेशको परामर्श बैठक बेलकामा सुरु , अध्यक्ष प्रचण्ड लगाएत केन्द्रिय नेताहरुको सहभागिता

परामर्श बैठक सुरु हुदै

कान्छो खवर । आइतबार, भाद्र २३, २०८१

फोटो : महेश्वर

गाईघाट २३ भदौ ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेशको परामर्श बैठक उदयपुरको बेलका नगरपालिका ८ कोठु चतराघाटस्थित बेलका रिभर बीच होटेलमा आइतबार दिउसो देखि सुरु भएको छ।

दुई दिन सम्म चल्ने बैठकमा प्रदेश भित्रका केन्द्रिय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेकोे छ । कार्यक्रममा सहभागी जनाउन अध्यक्ष पुष्पकम दहाल समेत आइसकेका छ्न ।अध्यक्ष दाहाल संगै उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देब गुरुङ , उपमहासचिवहरु जनार्दन शर्मा , हरिबोल गजुरेल , शक्ति बस्नेत र गिरिराजमणि पोख्रेलको सहभागी रहेकोे छ।

कार्यक्रममा सहभागी एक नेताले अहिले प्रदेश कमिटीका सदस्यहरुले बैठकमा आआफ्नो भनाई राखिरहेका छ्न ।सबैको भनाइ पछी अध्यक्ष प्रचण्डले बैठकलाई सम्बोधन गर्नेछन् ।

उदयपुरको बैठकमा भागलिन आउदै गर्दा अध्यक्ष प्रचण्डले बिराटनगर बिमानस्थलमा पत्रकारहरुलाई अब माओवादी सरकार बनाउने खेलमा नलाग्ने बरु पार्टीलाई बलियो बनाउने अभियान लिएर देश भरी कार्यक्रम चलाएर हिडिरहेको बताए ।

हामि पार्टी सङ्गठित अभियानमा केन्द्रित भएर काम गरिरहेका छौ , सरकार बनाउने खेलमा एकरत्तिभर पनि सोचेका छैनौं ।उनले भने ।पार्टीलाई सबल र चलाएमान बनाउने अभियान अन्तरगत अहिले देशभरी प्रदेश , प्रदेशमा गएर परामर्श बैठक गरेका छौ ।अध्यक्ष प्रचण्डले भने ।

उनले काङ्ग्रेस र एमालेको कारणले माओवादीले पार्टी पुन:निर्माण गर्ने अबसर पाएको उल्लेख गर्दै उनले उनिहरुलाई विशेष धन्यवाद दिन चाहेको बताए ।उनले भ्रष्टाचार नियन्त्रणको अभियान सन्चालन गर्दा माओवादी सरकारबाट हट्न परेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्