०२ माघ २०८१, बुधबार

पुर्ब राजा ज्ञानेन्द्र शाहले पलेशालाई दिए बधाई

कान्छो खवर । आइतबार, भाद्र १६, २०८१

गाईघाट १७ भदौ ।

पुर्ब राजा ज्ञानेन्द्र शाहले पेरिसस्थित ग्रान्ड च्यालेसमा आयोजित पारा ओलम्पिक तेक्वान्दोमा पदक जित्ने खेलाडी पलेसा गोबर्धनलाई बधाई दिएका छ्न ।

शुक्रबार जारी सम्बाद सचीव फडिन्द्र पाठकबाट जारी बिज्ञप्तिमा उनलेे ६० बर्ष पछि ओलम्पिक इतिहासमा नेपालको लागि पहिलो पदक प्राप्त गरेको सुखद समाचारले हामीलाई खुशी लागेको बताएका छ्न ।

देशले विभिन्न चुनौतीहरुको सामना गरिरहनु परेको बर्तमान समयमा पारा तेक्वान्दोकी पलेशाले अनेकौं प्रतिकुलताका बाबजुद जुन सफलता हासिल गरेकिछिन यसले नेपाली खेलकुद इतिहासमै ठुलो सफलता प्राप्त गरेको छ भने नेपालको रास्ट्रिय गौरव बढाएको हामीले महसुस गरेका छौ , उनले भनेका छ्न ।

जारी बिज्ञप्तिमा उनले अन्तर्राष्ट्रिय खेलकुदमा ऐतिहासिक र पहिलो ठुलो पदक जित्न सफल भएकोमा पेलेशा सहित तेक्वान्दो एशोशियसन र टीमलाई सफलताकोलागि हार्दिक बधाई तथा शुभकामना दिएका छ्न ।

यहाँ कमेन्ट गर्नुहोस्