२९ पुष २०८१, सोमबार

क्षेतिपूर्तिको मागको अडानले पोखरीमा मृत्यु भएको बालकको शबको अझै पोस्टमार्टम हुन सकेन

कान्छो खवर । बुधबार, भाद्र १२, २०८१

गाईघाट १२ भदौ ।

उचित क्षतिपुर्तिको माग गर्दै मृतक बालकका परिबारले शबको पोस्टमार्टम गर्न नमान्दा शबको अझै पोस्टमार्टम हुन सकेको छैन । बालकको शब अहिले जिल्ला अस्पताल उदयपुरमा रहेकोे छ।

त्रियुगा नगरपालिका १३ स्थित बरुवा बसपार्कको उतर तर्फ रहेको पोखरीमा मंगलबार बिहान पौडी खेल्ने क्रममा प्याराडाईज बोर्डिङ स्कुलमा कक्षा १ मा अध्यनरत ७ बर्षिय बालक रिचेस राईको डुबेर मृत्यु भएको थियो ।

शब पोस्टमार्टमकोलागि मंगलबार नै अस्पतालमा लगिएको भए पनि मृतकका परिबारले उचित क्षतिपुर्तिको माग राखेकोले पोस्टमार्टम हुन नसकेको प्रहरीले जनाएको छ। हामीलाई उचित क्षतिपुर्तिको ब्यबस्था हुनुपर्छ नत्र शबको पोस्ट गर्न दिने छैनौं । मृतकका बुबा रबीन राईले बताए । उनले जथाभावी खाल्डो खनेर पोखरी निर्माण गर्नेलाई समेत कार्यबाहि हुनुपर्ने बताए ।

उनले बालक पढ्ने बोर्डिङ स्कुलले आफुला सहयोग गर्न समेत अपिल गरे ।मेरो छोराले अनाहकमा ज्यान गुमाउनु परेको छ, लापरबाही गर्नेलाई मैले संबंधित निकायमा कार्बाहि हुनुपर्छ भनेर माग राखेकोमा अव बोर्डिङ स्कुलले मेरा मागमा सहयोग गरिदिनु पर्ने उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्