कान्छो खवर । मंगलबार, भाद्र ११, २०८१
गाईघाट ११ भदौ ।
खोटाङमा सिचाईको लागि निर्माण गरिएको पोखरीमा डुबेर एकै परीबारको दाजु बैनेको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मिटारका गैइन्द्र राईको ६ बर्षिय छोरा संगम राई र ३ बर्षिया छोरी समृद्धिको सोमबार दिउसो मृत्यु भएको प्रहरीले जनाएको छ।
कृष्ण अष्टमीको दिन बिध्यालय बन्द भएको मौकामा उनिहरु खेल्दै उक्त पोखरीमा पुगेका थिए ।आमा ममिता मकै भाच्न बारीमा गएकी थिइन् ।मकै लिएर घर फर्किए पछि उनले छोराछोरीको खोजी गरेकी थिइन् ।
खोज्न निस्किएको केहि बेर पछी उनले घर देखि झन्डै १ किमि टाढाको भुतिया खोला नजीक रहेको खेतको मुहानमा बनाइएको पोखरीमा दुबै छोराछोरीलाई डुबिरहेको देखेर बाहिर निकालेर घर ल्याएको केहि बेरमा उनिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनले पोखरीमा डुबिरहेको केटाकेटीलाई बाहिर निकाल्दा उनिहरु जीवितै रहेको ममिताको भनाई उद्घत गर्दै प्रहरीले जनाएको छ।दुबै बालबालिका घर नजिकैको कलङका आधारभुत बिध्यालय अध्यनरत थिए ।दाजु कक्षा २ मा र बहिनी १ कक्षमा अध्यनरत रहेकोे बिध्यालयका प्रअ रामकुमार राईले बताए ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम खड्काले मृतकहर्को शब पोस्टमार्टम पछि आफन्तलाई बुझाइएको र घटनाको अनुसन्धान भैरहेको बताए ।