०२ माघ २०८१, बुधबार

उदयपुर सिमेन्टले ६२ करोड ९९ लाख ३२ हजार रुपैया बिधुत महसुस बुझाउन बाकी

कान्छो खवर । आइतबार, भाद्र ०२, २०८१

गाईघाट २ भदौ ।

मुलुककै सबैभन्दा ठुलो उदयपुर सिमेन्ट उद्योग यतिबेला चरम आर्थिक अबस्थाबाट गुज्रिरहेकोे छ । आर्थिक अवस्था जर्जर रहेकै कारण उद्योगले बिगत केहि बर्ष देखि नियमित रूपमा विद्युतको महसुस बुझाए सकेको छैन ।

५ बर्ष अघि सम्म महसुस समयमा बुझाएर छुट समेत लिने गरेको उद्योगले अहिले करोड रुपैया बिधुत महसुस नबुझाएको कारण जरिवाना तिर्नु परेको छ ।बिधुत प्राधिकरण गाईघाटले दिएको जानकारी अनुसार उधोगले २०८१ साउन सम्म ६२ करोड ९९ लाख ३२ हजार रुपैया बिधुतको महसुस बुझाउन बाकी रहेको छ । समयमै बिधुत महसुस नबुझाउदा उधोगलाई जरिवाना मात्र १२ करोड ५९ लाख ९६१ रुपैया तिर्नु पर्ने भएको छ ।

प्राधिकरणले महसुस बुझाउन पटकपटक पत्र काटेर उद्योगलाई सचेत गराएको भए पनि उधोगले बिधुत महसुस नबुझाएको प्राधिकरण गाईघाटले जनाएको छ ।हामीले केन्द्रलाई समेत जानकारी गराएर महसुस असुल्न खोजेका थियौ , तर सफल हुन सकेनौं ।प्राधिकरणका कर्मचारी मधुकर थापाले भने ।

उद्योग सङ पैसा नभएकोले बिधुत प्रयोग गरेबापतको पैसा बुझाउन नसकेको जानकारीमा आएको उनले बताए ।उधोगको अबस्था अहिले निकै जर्जर रहेकोेले महसुस बुझाउन नसकेको भन्ने जानकारी आएको उनले बताए ।

उधोगले कर्मचारीको अनिवार्य अबकास पछी उनिहरुलाई दिनुपर्ने उपदान , बिमा , बिदा संचिति र औषधिबापतको रकम समेत दिन सकेको छैन ।अबकासमा गएका कर्मचारीहरु आफुहरुले पाउनु पर्ने उक्त रकम लामो समय देखि नपाउदा अहिले उनिहरुले आन्दोलन नै गरिरहेका छ्न । उद्योगको मुल गेटमा बसेर अहिले दिनहु जसो धर्ना दिइरहेका छ्न ।

बिधुत उपयोग गरेर महसुस नबुझाउनेमा त्रियुगा नगरपालिका र रौतामाई गाउपालिका रहेको प्राधिकरणले जनाएको छ ।त्रियुगाले ३ करोड ३४ लाख ९६१ रुपैया बुझाउन बाकी रहेकोे छ । समयमा महसुस नबुझाउदा त्रियुगाको ३४ लाख ३६ हजार ९६१ रुपैयाँ त जरिवाना मात्र तिर्नु पर्ने दायित्व रहेको छ।

रौतामाईले १ लाख ९४ हजार ५६९ महसुस बुझाउन बाकिरहेको छ।उसले ३८ हजार ९१३ रुपैया जरिवाना तिर्नु पर्ने प्राधिकरण गाईघाटले जनाएको छ। बक्यौता महसुस उठाउने बिषय प्राधिकरणले केन्द्रलाई जानकारी गराइ सकेको शाखा कार्यालय उदयपुरका प्रमुख बिजयबाबु खत्रीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्