कान्छो खवर । बिहिबार, साउन ३१, २०८१
कटारी ३१ साउन ।
कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले अहिले प्रतिपक्षीहरुले सामाजिक संजाल मार्फत आफु माथि गलत उदेश्यले अफवाह फैलाएर चरीत्र हत्या गर्न खोजेको बताएका छ्न ।
बुधबार आफ्नो कार्यकक्ष आयोजित प्रेसमिटमा उनले राम्रो काम गर्दा गर्दै पनि अहिले कसरी मेयरलाई असफल बनाउने भनेर प्रतिपक्षीहरु खुलेरै लागि परेको बताए । मलाई असफल बनाउन निर्धारित समयमा निति तथा कार्यक्रम र बजेट ल्याउन दिएनन, अहिले फेरि खर्चको बिषय उठान गरेर बदनाम गर्न खोजिएको छ। उनले भने ।
कार्यपालिकामा उनिहरुको बहुमत भएकोले परिषद अगाडि कार्यपालिकाको बैठक पटकपटक बसाउन खोजियो तर उनिहरु उपस्थित नै नहुने उनले भने । अनि निर्धारित समयमा परिषद नै हुन सकेन।
अहिले निर्धारित समय भन्दा एक महिना पछी साउन २७ गते परिषद सम्पन्न गरियो उनिहरुको पुर्ण सहयोगमा गरिएको परिषद पछि भने नकारात्मक सन्देश जाने गरि सामाजिक संजालमा मेयर र प्रमुख प्रशासकिय अधिकृत बारे मिथ्या प्रचार गरिएको उनले बताए ।
बिगतको अरुको कार्यकाल भन्दा आफुले राम्रो ढंगले पारदर्शिपुर्बक काम गरिरहेको उनले बताए ।६ बर्ष अघि इन्धनमा १ करोड भन्दा बढी खर्च मेयरले गरेकोमा अहिले आफुले ३४ लाख जति मात्र गरेको उनले बताए ।
जति बेला इन्धनको मुल्य कम थियो , सवारी साधनपनि थोरै थियोे ।त्यति बेला करोड खर्च इन्धनमा भएको थियो , त्यस हिसाबले अहिले ३ करोड भन्दा माथि खर्च इन्धनमा गर्नुपर्ने हुन्थ्यो ।मेयर श्रेष्ठले भने ।
परिषदमा सबैको सहमतिमा बजेट पारित गरिएको तर अहिले प्रतिपक्षीहरुले चोर बाटो बाट बजेट ल्याइएको भन्दै गलत अफवाह फैलाउने गरेको बताए । बैशाखमा प्राप्त भएको चुनढुङ्गा खानीको रोयल्टी बापतको रकम टिप्पणी आदेशमा केहि शिर्षक गरिएको खर्चलाई लिएर उनिहरुले गलत सन्देश प्रबाह गरेको उनले बताए । हामीले कानुन अनुसार बिल भर्पाइ राखेर आबश्यक काममा मात्र खर्च गरेका छौं , बिनियोजित रकममा पनि खर्च नभएको रकम पुरानो दायित्वमा समेत खर्च गरेको उनले बताए ।
परिषदमा सबै छलफल भएर पास भएको भए पनि अहिले एकासी सम्पन्न भैसकेको बिषमा गलत सन्देश जाने गरि सामाजिक संजाल कुरा उठाउने कामले आफु चकित भएको मेयर श्रेष्ठले बताए । मैले केहि गलत गरेको छैन , सबै कानुन सम्बत भएको छ।उनले भने ।यदि कसैले मैले गलत गरेको प्रमाणित गराएर देखाइ दिएमा आफु जस्तोसुकै सजाय भोग्न तयार रहेको र राजनीति बाट समेत सधैंका लागि अलग रहने उनले बताए ।