०२ माघ २०८१, बुधबार

सिद्धिचरण राजमार्गको घुर्मी – लामिडाडामा पहिरोले ट्रकलाई बगायो

कान्छो खवर । बिहिबार, साउन ३१, २०८१

गाईघाट ३१ साउन ।

सिद्धिचरण राजमार्ग अन्तरगत कटारी १४ घुर्मी – लामिडाडा सडक खण्डमा बुधबार राति गएको पहिरोले काठ बोकेको ट्रकलाई बगाएर तल खोल्सोमा झारेको छ ।

ओखलढुङ्गा देखि उतिसको काठ बोकेर इटहरी तर्फ आउदै गरेको प्र-०२-००-२ ख ०१२६ नम्बरको ट्रकलाई पहिरोले बगाउदा सडक देखि झन्डै २० मिटर तल झरेको प्रहरीले जनाएको छ ।पानी परिरहेको बेला साघुरो बाटो देखेर ट्रकको चालक र सह- चालक तल झरेर बाटो हेर्नेक्रममा माथि देखि झरेको पहिरो र सडक भासिएर ट्रक बगेको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक शुभास राईले बताए ।

उनले गाडीका स्टाफहरु बाहिर रहेकोले मानवीय क्षेति भने नभएको बताए ।चालक ललित बिस्वकर्माले रोकिराखेको गाडी पहिरो र सडक बगेर तल खसेको बताए । हामीहरु गाडीबाट तल उत्रिएको दस मिनेट नहुदै पहिरो खसेको बताए । तल बाटो हेर्न झरेको कारण आफुहरु बाच्न सफल भएको उनले बताए ।

प्रहरीले तल झरेको ट्रक निकाल्ने प्रयास भैरहेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्