०२ माघ २०८१, बुधबार

बैकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

कान्छो खवर । सोमबार, साउन २८, २०८१

गाईघाट २८ साउन ।

खोटाङमा बैकिङ कसुर मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छ्न । मोटरसाइकल खरिद गरेर ब्यापारीलाई खातामा पैसा नभएको चेक दिएर ठगी गरेको जाहेरीको आधारमा दिक्तेल रुपाकोट मझुवागढि १२ जाल्पा बस्ने बर्ष ३७ का हेमन्त राईलाई प्रहरीले पक्राउ गरेको हो ।

राईलाई काठमाडौ ६ बौद्धबाट साउन २४ गते पक्राउ गरी आइतबार खोटाङ प्रहरी कार्यालयमा ल्याइएको हो ।कार्तिक ७ गते खोटाङस्थित अटो लिङ्क प्रालिबाट राईले मोटरसाइकल खरिद गरेका थिए ।उनले अटो लिङकलाई ३ लाखको चेक दिएका थिए ।

उनले दिएको चेक खातामा पैसा नभएकोले पटकपटक बैंक जादा समेत फिर्ता भए पछी बैंकले चेक बाउन्स गरिदिएको थियोे । चेक बाउन्स पछी अटो ब्यापारी रोशन सैजुले प्रहरीमा लिखित उजुरी दिएका थिए ।

प्रहरीले सैजुको उजुरीको आधारमा राईलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।अदालतबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान भैरहेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्