०८ पुष २०८१, सोमबार

जलविधुत आयोजनाको सुरुङग भित्र एक मजदुर बेपत्ता

नमिता राई बिहिबार, माघ १३, २०७८

गाईघाट १३ माघ
सोलुखुम्बु जिल्लामा निर्माणधिन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलविधुत आयोजनाको सुरुङग भित्र विहीवार विहान एक्साभेटर दुर्घटना हुदा एक मजदुर बेपत्ता भएकाछन् । भने अर्को एक जना लाई घाईते अवस्थामा उद्धार गरिएको छ ।

निर्माण स्थल पञ्चन स्थित सुरुङगभित्र पाइप लैजाने क्रममा विहान ५ वजे एक्साभेटरको बकेट भाचिएर दुर्घटना हुदा बकेटमा बसेका मजदुरहरु सुरुङग भित्र खसेका थिए । सुरुङगमा खसेर बेपत्ता हुनेमा वारा जिल्लाको कोल्हवी नगरपालिका-१ का २४ वर्षिय राकेश चौधरी रहेको प्रहरीले जनाएको छ । हराईरहेका ति मजदुरको खोजी तथा उद्धारमा प्रहरी र सेनालाई परिचालन गरीएको जिल्ला प्रहरी कार्यालय सोलुखुृम्बुका डिएसपि कवित कटुवालले बताए । दूर्घटनामा परी घाइते पर्साको पटेर्वा गाउपालिका –४ का २० वर्षिय आंगत राय थारु लाई उपचारको लागि ओखलढुङगा स्थित मिसन अस्पताल लगीएको उनले बताए ।

घाईतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । सुरुङग भित्र पेनस्टक पाइप विछ्र्र्र्रयाउन जाने क्रममा सामग्री सहित ४ जना मजदुर बकेटमा बसेका थिए ।उक्त बकेट विचमा पुगेर अचानक चुडिएको ले दुर्घना भएको हो । उनले घट्नाको अनुसन्धान भैरहेको बताए । पानी परीक्षण गर्ने क्रममा एक महिना अघि पनि उक्त आयोजना स्थलमा दुई जना इन्जिनियरको मृत्यु भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्