०२ माघ २०८१, बुधबार

असोज देखि लाफागाउमा बिजुली बल्ने

कान्छो खवर । बिहिबार, साउन २४, २०८१

गाईघाट २४ साउन ।

रौतामाई गाउपालिकाको लाफागाउ , धर्मे , फार्स र रुपाटारमा ग्रामीण बिधुतिकरण अन्तरगत बिधुत बिस्तारको काम पुरा भए पछी असोज देखि स्थानियको घर घरमा बिजुली बल्ने भएको छ।

पोल गाडेर बिजुलीको तार टाङ्ने काम सकिए पछि अब बिधुत प्राधिकरणले लाईन असोज देखि छोड्ने तयारी गरेको छ। बिधुत बिस्तारको सबै काम पुरा भैसकेको वडानम्बर ३ का अध्यक्ष दिपेन्द्र दाहालले बताए ।

उनले बिजुलीको पोल, तार टाङ्मने र ट्रान्सर्फमर जडानको काम सकिएकोले अब बिजुलि बाल्ने काम मात्र बाकी रहेको बताए । बिधुत बिस्तारको काम पुरा हुने बितिकै गाउलेहरुले घर वायरीङको काम समेत सकेर बिधुत मिटर समेत जडान गरिसकेको दाहालले बताए ।

वडा न ३ को लाफागाउमा गत बर्ष नै बिजुली पुगिसकेको भए पनि आसपासको अन्य ३ वटा गाउँमा भने बिधुत बिस्तार हुन सकेको थिएन ।गत बर्ष बिधुत प्राधिकरणले रौतामाईमा ग्रामीण बिधुतिकरण योजना सन्चालनको लागि ठेक्का लगाए पछी बिधुत बिस्तारको काम सुरु भएको उनले बताए ।

उनले असोज देखि ३ सय २५ घरधुरीले बिधुत उपयोग गर्न पाउने बताए ।उनिहरुको लागि वडाको पहलमा स्थानिय रसुवा खोला र कौशिका सामुदायिक बनबाट निशुल्क बिधुत मिटर उपलब्ध गराइएको अध्यक्ष दाहालले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्