११ पुष २०८१, बिहिबार

लागूऔषध बिक्रि गर्ने औसधि पसले र एक युवा पक्राउ

कान्छो खवर । मंगलबार, साउन २२, २०८१

गाईघाट २२ साउन ।

लागूऔषध बिक्री गरेको अभियोगमा एक औषधि पसल संचालक पक्राउ परेका छ्न ।प्रहरीले सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुर बसपार्क छेउमा औषधि पसल सन्चालन गर्दै आएका हनुमाननगर कंकालिनीका असोक यादवलाई पक्राउ गरेको हो।

साउन १० गते प्रतिबन्धित लागूऔषध औषध सहित पक्राउ परेका दुई जनाको बयानको आधारमा प्रहरीले १७ गते अदालतबाट पक्राउ अनुमति लिएर यादवलाई मंगलबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए । उनलाई ईलाका प्रहरीले कार्यालय बेल्टारबाट खटिएको प्रहरीले टोलिले पक्राउ गरेको हो ।

बेल्टार प्रहरीले चेकजाचको क्रममा साउन १० मा ट्रामानिल ६०० ट्याबलेट र कोलिबान ६०० गरि १ हजार २ सय ट्याब्लेट सहित शेखर तामाङ र शुष्मा राईलाई पक्राउ गरेको थियोे ।पक्राउ परेका उनिहरुको बयानको आधारमा यादवलाई पक्राउ गरिएको खड्काले बताए ।

आइतबार ९० एम्पुल लागूऔषध सहित एक युबा पक्राउ परेका छ्न।त्रियुगा नगरपालिका ४ का २७ बर्षिय पन्कज बस्नेत त्रियुगा ६ लालपत्ता ढाटबाट पक्राउ परेको प्रहरीले जनाएको छ।

बस्नेतले स्कुटरको एयर फिल्टर भित्र लुकाएर ल्याउदै गरेको प्रोमिथाजाइन ३० एम्पुल र ब्रोपिनोरफाइड २५ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।उनले प्रयोग गरेको प्र.२-०१-०० प२२२७ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको खड्काले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्