११ पुष २०८१, बिहिबार

कटारी नगरअस्पताल अब प्रदेश अस्पतालमा परिणत

कान्छो खवर । बुधबार, साउन १६, २०८१

गाईघाट १६ साउन ।

कटारी नगरअस्पताल प्रदेश अस्पतालमा परिणत भएको छ। मन्त्री परिषदको बैठकले १५ शैयाको उक्त अस्पताललाई ५० शैयामा परिणत गर्दै कोशी प्रदेश सरकारलाई हस्तान्तरण गर्न स्वीकृत दिए संगै स्थानिय बासिन्दाहरुले बर्षौ देखि उठाउदै आएको माग पुरा भएको छ।

संघीय सरकारको उक्त निर्णय संगै अब अस्पताल सन्चालनको आर्थिक दायित्व र कर्मचारी ब्यबस्थापनको जिम्मा कोशी प्रदेश सरकारको हुने छ । बिगतमा सबै दायित्व कटारी नगर र दाताहरुबाट हुदै आइरहेकोमा अब सबै दायित्व प्रदेश सरकारको हुने भए पछि अस्पताल सुबिधा सम्पन्न हुने छ।

प्रदेश अस्पताल बनाउन लामो समय देखि लागि परेका नेपाली काङ्ग्रेसक युवा नेता एबम प्रदेश सदस्य रामकुमार खत्रीले सरकारको उक्त निर्णयले कटारीका बासिन्दाहरुले अब प्रभाबकारी स्वास्थ सेवा पाउने बताए । अब अस्पताल सन्चालन प्रदेश सरकार बाट हुने भए पछी स्थानिय बासिन्दाले सबै सेवाहरु सुलभ र सरल किसिमले पाउने छ्न ।उनले भने ।

लामो समय आफु लगायत कटारीका बासिन्दा , अन्य राजनीति दलका नेता कार्यकर्ता , ब्यापारी बुद्धिजिबिको प्रयास पछि नगरअस्पताललाई प्रदेश अस्पताल बनाउन सफल भएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्