१२ पुष २०८१, शुक्रबार

असाहय तीन दलित बालबालिकाको प्रहरी द्वारा उद्घार

कान्छो खवर । बुधबार, साउन १६, २०८१

रासस

गाईघाट १६ साउन ।

खोटाङमा असहाय तीन दलित बालबालिकाको प्रहरीले मंगलबार उद्घार गरेको छ। बाबुआमाबिहिन उनिहरु बिचल्ली परेको जानकारी पाए लगत्तै प्रहरीले उनिहरुको उद्घार गरि बुधबार बिराटनगरस्थित बालसेवा आश्रममा पठाएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

राबाबेशी गाउपालिका २ खार्पाका टेक बहादुर नेपालीको १० बर्षिया छोरी मनकुमारी ,९ बर्षिया भुमिका र ७ बर्षिय छोरा माधबलाई उद्घार गरेको खड्काले बताए । तीनै जनाको पठनपाठन र खानलाउन सबै आश्रम बाट ब्यबस्था हुने उनले बताए ।

आमाको एक बर्ष अघि मृत्यु र बाबु जबर्जस्ती करणि मुद्दामा जेल परेको कारण ती बालबालिका साहाराबिहिन भएका थिए ।उनिहरुको आर्थिक अबस्था समेत दयनीय रहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्