कान्छो खवर । शुक्रबार, साउन ११, २०८१
गाईघाट ११ साउन ।
कटारी नगरपालिकामा कार्यरत हुदा हुदै अर्को प्रमुखप्रशासकिय अधिकृत सरुवा भएर आएका छ्न । प्रमुखप्रशासकिय अधिकृत बिनोद भट्टराई कार्यरत हुदै गर्दा अर्को प्रमुखप्रशासकिय अधिकृत राममणि निरौला सरुवा भएर बिहिवार आएका हुन ।
सामन्यतय कार्यरत कर्मचारीको सरुवा भएको अबस्थामा अर्को आउने ब्यस्था गरिएको हुन्छ ।तर कटारी नगरपालिकामा कार्यरत प्रमुखप्रशासकीय अधिकृत भट्टराईको सरुवा भएको छैन ।भट्टराई बुधबार मात्र मन्त्रालयबाट फर्किएका थिए ।उनले अझै कतै सरुवा भएको भएको छैन ।
मेरो कतै सरुवा भएको जानकारी पाएको छैन, म हिजो मात्रै मन्त्रालय बाट कार्यालयको काम गरेर फर्केको हु ।उनले भने । मेरो कतै सरुवा भएको जानकारी पनि आएको छैन ।उनले भने ।
बिहीबार नया आएका प्रमुखप्रशासकिय अधिकृत निरौलाले उप – प्रमुख गिता खड्कालाई भेट गरेर आफु सरुवा भएर आएको बताएका थिए ।निरौला दिन भरी नै खड्काको कार्यकक्षमा बसेका थिए । नगरप्रमुख राजेश चन्द्र श्रेष्ठ अहिले काठमाडौमा रहेकोले निरौलाले हाजिर भने गर्न पाएका छैनन ।
नगरप्रमुख श्रेष्ठले नया हाकिम सरुवा भएर आएको बारे आफुलाई कुनै जानकारी नभएको बताए ।भट्टराई सरको सरुवा नहुदै अर्को हाकिम कसरी कटारीमा आयो भन्ने बारे केहि थाहा नभएको उनले बताए ।
अब म यस बारे मन्त्रालयमा बुझ्ने उनले बताए ।कार्यरत प्रमुख हुदाहुदै अर्को नया प्रमुखप्रशासकीय अधिकृतलाई पठाउन नपाइने उनले बताए ।पुरानोलाई सरुवा गरेर अर्को नया पठाएको भए कुनै समस्या नहुने उनले बताए ।अब दुई जनालाई एकै ठाउँमा कसरी ब्यबस्थापन गर्ने भन्ने कुरामा समस्या आएको श्रेष्ठले बताए ।