कान्छो खवर । बुधबार, साउन ०९, २०८१
गाईघाट ९ साउन ।
कटारी हुदै उदयपुरगढि जोडिने ग्रामीण सडक अबरुद्ध भएको झन्डै २ साता पछी बुधबार देखि मर्मत सम्भारको काम शुरु भएको छ ।
असार २२ गतेको भारी बर्षाको कारण कटारी नगरपालिका ७ को खालुखोल्सामा आएको पहिरोले सडक बगाए पछि कटारी देखि बुढाबुढी , गैया हुदै उदयपुरगढिको ब्यासे , बाहुनटार – ताप्लि जोडिने सडक अबरुद्ध भएको थियोे ।
बाटो अबरुद्ध हुँदा झन्डै २ साता देखि कुनै पनि सवारी साधन नचल्दा पहाडी भेगका बासिन्दाहरुलाई आबतजाबतमा निकै समस्या भएको गैयाका प्रेम कार्कीले बताए । हामीलाई अहिले निकै समस्या भएको छ, पैदल हिंड्न् समेत कठिन भएको उनले बताए ।
बर्षा पछिको पहिरोले १०० मिटर बाटो बगाएको छ, बाटो मर्मत सम्भार कतै बाट हुन सकेको छैन ।उनले भने । कटारीका मेयर राजेश चन्द श्रेष्ठले उदयपुरगढि गाउपालिका सङ समन्वय गरी बाटो मर्मत सम्भारको सुरु गरिएको बताए । बाटो मर्मत नहुदा माथिल्लो भेगका जनतालाई निकै समस्या परेको थियोे , त्यसैले बाटो जसरी भए पनि मर्मत गरेर यातायात सुचारु गर्नु परेको उनले बताए ।
उनले अब एक हप्ता भित्र बाटो मर्मत सम्भार गरेर यातायात पुन सन्चालन गरिने बताए ।