कान्छो खवर । शुक्रबार, साउन ०४, २०८१
सोलुखुम्बु ४ साउन ।
माटोको ढिस्कोले पुरिएका एक मजदुरको जिबितै उद्घार गरिएको छ। सडकछेउमा तारजालीको काम गरिरहेका माप्य दुघकोशी गाउपालिका ५ का ४२ बर्षिय तेजबहादुर तामाङलाई शसस्त्र प्रहरीले शुक्रबार जिबितै उद्गार गरेको हो ।
सोलुदुधखुंड नगरपालिका ६ दोर्पुमा तारजालीमा ढुङ्गा भर्दैगर्दा तामाङलाई माथि बाट खसेको माटोको ढिस्कोले पुरेको थियोे ।अन्य कामदारले तामाङ पुरिएको देखेर खबर गरे पछि शसस्त्र प्रहरीको आश्रय गुल्मबाट आएको प्रहरीले उनको जिबितै उद्घार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
टाउको र शरीरमा चोटपटक लागेको उनको जिल्ला स्थित अस्पतालमा उपचार भैरहेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्