१२ पुष २०८१, शुक्रबार

पहिरो पीडित खाबु तोरीबारीका बिस्तापित परिबारलाइ समाजबादी पार्टीको सहयोग

कान्छो खवर । बुधबार, साउन ०२, २०८१

अध्यक्ष चौधरी राहत सामाग्री वितरण गर्दै

गाईघाट २ साउन ।

नेकपा एकीकृत समाजबादी उदयपुरले पहिरो पीडित खाबु तोरीबारीका बिस्तापित २१ घर परिबारलाई मंगलबार राहत सामाग्री वितरण गरेको छ।

पार्टीको कोशी प्रदेशका अध्यक्ष बलदेव चौधरीलेले बिस्तापित परिबारलाई आश्रय लिएको बिद्यालय पुगेर एक कार्यक्रमको आयोजना गरी राहत सामाग्री वितरण गरेको हो । पहिरो पीडित परिबालाई अझै पुनर्बासको ब्यबस्था गरिएको छैन ।ऊनीहरुलाई खाबुस्थित एक बिद्यालयमा राखिएको छ।

चौधरीले ग्यास , खाद्यान्न लगायतको सामाग्रीहरु पीडितहरुलाई उपलब्ध गराएको केन्द्रीय सदस्य राममणि पोख्रेलले बताए ।

गत असार २५ गते बिहान ७ बजे माथि बाट झरेको पहिरोको कारण उनिहरु पुर्णरुपमा बिस्तापित बनेका छ्न ।पहिरोमा घर पुरीदा ८ बर्षिया बालिकाको घटनास्थल मै मृत्यु भएको थियो ।बालिकाको आमा घाइते भएकि थिइन ।गाउको चारै तर्फ पहिरो गएकोले बस्ती बाट गाउलेहरुलाई अन्यत्र सारीएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्