कान्छो खवर । बुधबार, साउन ०२, २०८१
गाईघाट २ साउन ।
सबैको सामुहिक प्रयास भए कसैको मुख नताकी आफ्नो काम आफै मिलेर गर्न सकिने उदाहरण जोगिदहबासीले देखाईदिएका छ्न ।
केहि दिन अगाडिको अविरल बर्षाको कारण स्थानिय कंग खोलामा आएको बाढीले नदि कटान गर्दै गाउ तर्फ पस्न थाले पछि स्थानियको प्रयासमा नदि नियन्त्रणको काम केहि दिन देखि धमाधम भैरहेको छ।
नदिको तटबन्ध निर्माणमा गाउलेहरु दिनहु जुटिरहेको त्रियुगा नगरपालिका १ का वडाअध्यक्ष मनोज चौधरीले बताए । भत्किएको बाध बाध्न गाउघरमा सबै जुटेर काम निर्माणको काम भैरहेको उनले बताए ।
गाउले आफै मात्र खटेको नभएर तटबन्ध निर्माणमा प्रयोग गरिएको बास समेत आफ्नै घरबाट ल्याएर सहयोग गरिरहेको अध्यक्ष चौधरीले बताए ।यस् पटक बाधिले ठुलो क्षति गरेर मैले सार्वजनिक रुपमै गाउलेहरु सङ तटबन्ध निर्माणको लागि सहयोग मागेको थिए ।चौधरीले भने ।
कंग खोलाले गाउमा धेरै जमिन कटान गरेर ठुलो क्षति गरेको उनले बताए ।बिजुलीको पोल भत्काउनु साथै सडक बाटो समेत कटान गरेको उनले बताए । वडा सङ सबै बजेट सकिएको अबस्थामा गाउलेहरुको साथ पाएर तटबन्धको काम गर्न पाएकोमा आफु निकै खुसी भएको र हाम्रो वडाको सहभागीले समाजमा राम्रो उदाहरण दिन सकेको उनले बताए ।