कान्छो खवर । बुधबार, साउन ०२, २०८१
गाईघाट २ साउन ।
कानमा लगाएको सुनको मुन्द्री खोस्न खोज्ने सङ प्रतिकार गर्दा एक बालकले ज्यान गुमाउनु परेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका ३ का बिक्रम बिकका ६ बर्षिय छोरा अबी बिकको कुटपिटबाट मृत्यु भएको हो ।
सोही वडाका ४५ बर्षिय बीर बहादुर बिकले सोमबार दिउसो मादक पदार्थ सेबन गरी बालकले कानमा लगाएको सुनको मुन्द्री खोस्न खोजेका थिए ।बालकले तत्काल प्रतिरोध गर्दा बिकले बालकलाई घाउ चोट हुने गरी कुटपिट गरेको प्रहरीले जनाएको छ ।
शरीरको विभिन्न भागमा चोटपटक लागेर गम्भीर घाइते बालकको धरानस्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमामा उपचारको क्रममा मंगलबार मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।
प्रहरी कुटपिटमा सङ्लग्न बिकलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक भीम बहादुर दाहालले बताए ।