१९ पुष २०८१, शुक्रबार

उदयपुरमा एक बर्षको अबधिमा सडक दुर्घटनामा ४५ जनाको मृत्यु ,४ सय २० घाइते

कान्छो खवर । आइतबार, आषाढ ३१, २०८१

गाईघाट ३०असार ।

उदयपुरमा एक बर्षको अबधिमा भएको सडक दुर्घटनामा ४५ जनाको मृत्यु भएको छ भने ४ सय २० जनाकोघाइते भएको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरको तथ्यांक अनुसार बर्ष भरी १ सय ९७ वटा सडक दुर्घटना हुदा मदन भण्डारी राजमार्गमा मात्रै १ सय ५० वटा रहेको उल्लेख छ ।

सडक दुर्घटनामा मृत्यु हुने ४५ मध्य २९ जना अर्थात ७७ प्रतिशतको मदन भण्डारी राजमार्ग मै मृत्यु भएको तथ्यांकमा उल्लेख छ। जिल्लामा हरेक महिना ४ जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको ट्राफिक प्रहरीका असइ तिलक पौडेलले बताए ।

मदन भण्डारी राजमार्गमा बढी सवारी दुर्घटना हुनुमा सडक मापदण्डअनुसार नहुनू र धेरै घुमाउरो भएको प्रमुख कारण मानिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्