०१ माघ २०८१, मंगलबार

उदयपुरगढीको बजेट ८० करोड ८९ लाख २३ हजार

कान्छो खवर । मंगलबार, आषाढ १२, २०८१

गाईघाट ११ असार ।

उदयपुरगढी गाउपालिकाले आगामी बर्ष २०८१/०८२ को लागि ८० करोड ८९ लाख २३ हजार रुपैयाको बजेट ल्याएको छ।

सोमबार उपाध्यक्ष जीतबहादुर खड्काले गाउसभामा उक्त बजेट प्रस्तुत गरेका हुन् ।आगामी बर्षको लागि चालु तर्फ ५६ करोड ५४ लाख ७१ हजार अर्थात ६९.९० प्रतिशत र पुजीगत तर्फ २४ करोड ३४ लाख ५२ हजार अर्थात ३०.१० प्रतिशत बिनियोजीत गरिएको छ।

त्यसै गरी संघिय समानीकरणबाट प्राप्त हुने बित्तीय समानिकरण १४ करोड ६७ लाख , संघबाट प्राप्त हुने शसर्त अनुदान ३४ करोड १ लाख ९ हजार , प्रदेश बित्तिय समानिकरण ९४ लाख २४ हजार , प्रदेशबाट प्राप्त सशर्त १ करोड ८० लाख ७४ हजार , प्रदेश समपुरक १ करोड बिनियोजीत गरिएको छ।

संघ तर्फको राजस्व बाडफाड ११ करोड ६३ लाख ३८ हजार , प्रदेश राजस्व बाडफाड ६१ लाख ९३ हजार , संघीय बिभाज्य कोषबाट प्राप्त हुने ३१ लाख ६० हजार , अनुमानित आन्तरिक आय १ करोड ६४ लाख २५ हजार , सामाजिक सुरक्षा १२ करोड , स्थानिय पुर्बधारबाट प्राप्त हुने २ करोड र सडक बोर्डबाट प्राप्त हुने २५ लाख बिनियोजीत गरिएको छ।

गाउपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्